२३ चैत्र २०७७, सोमबार || 05 Apr 2021, Monday

बाघको आक्रमणबाट दश जनाको मृत्यु

आईतबार बर्दियामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु

गत बुधबार देखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु : प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ
आईतबार बर्दियामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको  मृत्यु

 

चैत्र २३ गते २०७७

आईतबार बर्दियामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ। गत बुधबार देखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

मृतक थारु गैंडा गणनामा खटिएको अवस्थामा बाघले आक्रमण गरेको हो। चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस