२३ चैत्र २०७७, सोमबार || 05 Apr 2021, Monday

संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९सय२०

भारतमा थप ‍१ लाख ३ हजार ७ सय ९३जनामा कोरोना भाइरसको संक्रमण

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १सय३२ पुगेको छ
भारतमा थप ‍१ लाख ३ हजार ७ सय ९३जनामा कोरोना भाइरसको संक्रमण

चैत्र २३ गते २०७७

भारतमा थप ‍१ लाख ३ हजार ७ सय ९३जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि (शनिबार) चैत्र २२ मा भारतमा यो वर्षको दोस्रो धेरै ९२ हजार ९सय९८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९सय२० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख ७९ हजार ९सय५८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८सय ३० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १सय३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४सय७७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस