२४ चैत्र २०७७, मंगलवार || 06 Apr 2021, Tuesday

‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस

सिक्किममा गएको भूकम्पको धक्का नेपालसम्म

बिहारको पटना, किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिएको छ भने दार्जिलिङ समेत गरेर उत्तर बंगलाका कैयौ जिल्लामा भूकम्पको झट्का महसूस
सिक्किममा गएको भूकम्पको धक्का नेपालसम्म

चैत्र २३ गते २०७७

भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।

यता, भारतीय सञ्‍चार माध्‍यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्‍यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

यस्तै बिहारको पटना, किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिएको छ भने दार्जिलिङ समेत गरेर उत्तर बंगलाका कैयौ जिल्लामा भूकम्पको झट्का महसूस गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस