भाद्र १७ गते २०८२
२ बर्ष देखि गृहयुद्धको चपेटामा रहेको पश्चिमी सुडानको गाउँमा पहिरोमा परि १ हजार बढीको मृत्यु भएको छ ।
अगष्ट ३१ मा परेको पानीका कारण गएको पहिरोमा परि १००० मानिसहरुको मृत्यु भएको जनाएको छ । पश्चिमी सुडानको मारा पर्वत क्षेत्रको एक गाउँ पहिरोमा परि मैदानमा परिणत भएको बताइएको छ ।
सुडानको सेना र सुडान मुक्ति आन्दोलनले विज्ञप्ती जारी गरेर संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूलाई शव निकाल्न मद्दत गर्न अपील गरेको छ ।
गृहयुद्धले निम्ताएको भोकमरीको सामना गरिरहेको सुडान पहिरोमा परि १००० भन्दा बढी मानिसहरुको मृत्युले शोकाकुल बनेको छ ।
