ब्रम्हाकुमारी ईश्वरीय विश्वविधालय राजयोग प्रशिक्षण केन्द्र,नेपाल कोहलपुर शाखाको आयोजनामा बधाई तथा दिव्य अभिनन्दन समारोह सम्पन्न भएको छ।ईश्वरी विश्वविधालय ओम शान्ति को मुख्यालय माउन्टआबु बाट ३०देखि४० वर्ष सम्म निरन्तर सेवामा लिन बालब्रम्हाचारिणि राजयोगिनी दुर्गा दिदी र राजयोगी ब्रम्हकुमार कृष्ण भाई जि सम्मानित भए पछि बाँके अन्तरगत कोहलपुर शाखाले पनि अभिनन्दन समारोह मार्फत सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद महेश्वर गहतराज अथकले बर्तमान नेपाली समाज विकृत बन्दै गएकोमा चिन्ता प्रकट गर्दै नैतिकता र अनुशासनको प्रशिक्षणका लागि ओम शान्ति परिवार घरघरमा पुग्न आवश्यक रहेको बताए ।बिज्ञान प्रविधिको बिकास सँगै समाज बाट त्याग,समर्पण हराउन थाल्यो अब ओम शान्ति परिवारले सदाचार र समर्पित नेपाली जनता निमार्णमा लाग्न आव्हान गरे ।कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावत,प्रमुख जिल्ला अधिकारी मदन भुजेलले समाज सुधारमा ओम शान्ति परिवारले पुर्याएको योगदानको प्रशंसा गरे ।झन्डै ४० वर्ष अघि सेवामा पाईला राख्दा गरेसेतो पहिरन बाट तर्सनेहरु अहिले आर्शिवाद थाप्न आउनेको भन्दै राजयोगिनी दुर्गा दिदीले संस्मरण सुनाईन् ।सम्मानित ब्रम्हकुमार कृष्ण भाई जीले अत्यन्त जोखिम र पीडाका बिच बाट जीवनले कोल्टे फेरेको बताए ।ब्रम्हाकुमारी ईश्वरीय विश्वविधालय राजयोग प्रशिक्षण केन्द्र,नेपाल कोहलपुर शाखामा चाँडै संग्रहालय स्थापना गरिने सम्मानित राजयोगी ब्रम्हकुमार कृष्ण भाई जि ले जानकारी दिए ।
सांसद महेश्वर गहतराज अथक,कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावत,प्रमुख जिल्ला अधिकारी मदन भुजेलले समाज सुधारमा ओम शान्ति परिवारले पुर्याएको योगदानको प्रशंसा
