पुष ८ गते २०८२ / निराजन वि.क
संघिय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।
गृहमन्त्री अर्याल,गृह सचिव रामेश्वर दंगाल, सहसचिव आनन्द काफ्ले, सूचना अधिकारी तथा उपसचिव रमा आचार्य लगायतले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा मंगलबार सुर्खेतको वीरेन्द्रनगर पुग्नु भएका गृहमन्त्री अर्यालले आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिनुभएको बताइएको छ ।
गृहमन्त्री अर्याललाई आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकले हालसम्ममा ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुभयो।
परियोजनाको हाल १२ किमी लामो सुरुङ निर्माण कार्य सकेर, अहिले इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल क्षेत्रका काम बाँकी रहेकाले परियोजनाको काम ढिलो भइरहेको इन्जिनियर पाठकले बताउनु भएको थियो ।
भेरी बबई डाइभर्सन ले आर्थिक प्रगति र कृषिका लागि सिचाई उपलब्धता सँगै तरकारी,धान ,गहुँ जस्ता बालीमा उत्पादन बढ्ने भएकाले परियोजना समयमै सम्पन्न गर्न सरकार सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
