२०८३ भाद्र ९ || 25 Aug 2026, Tuesday

२० भाषामा १२ हजार भन्दा बढी गीत,

सुप्रख्यात गायिका आशा भोसलेको ९३ बर्षको उमेरमा दुखद निधन!

सुप्रख्यात गायिका आशा भोसलेको अन्तिम संस्कार भोली (सोमबार) साँझ ४ बजे मुंबईमा हुने परिवार श्रोतले जनाएको छ
सुप्रख्यात गायिका आशा भोसलेको ९३ बर्षको उमेरमा दुखद  निधन!

चैत २९ गते २०८२

सुप्रख्यात गायिका आशा भोसलेु को ९३ वर्षको उमेरमा आज आइतबार दिउँसो मुंबईको ब्रीच क्यान्डी अस्पतालमा दुखद निधन भएको छ । शनिबार साँझ अस्पताल भर्ना हुनु भएकी गायिका आशामा कार्डियाक अरेस्ट भएको र छातीसम्बन्धी समस्या देखिएको थियो ।

आशा भोसलेले आफ्नो लामो करियरमा २० भाषामा १२ हजार भन्दा बढी गीत भन्दा बढी गीत गाएको आफैले बताउनु भएको थियो । उहाँले गाएका “दम मारो दम”, “पिया तू अब तो आजा”, “चुरा लिया है तुमने” जस्ता हिन्दी गीतहरू आज पनि सदाबहार छन् ।

आशा भोसले मशहुर थिएटर कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र गायिका लता मंगेशकर की कान्छी बहिनी हुनु हुन्थ्यो । उहाँ ९ वर्षकी छँदा बाबुको निधन भएपछि दिदी लतासँगै परिवारको जिम्मेवारी सम्हाल्न गायन क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।
स्व. गायिका आशाले १६ वर्षको उमेरमा लता मंगेशकरका ३१ वर्षीय सेक्रेटरी गणपतराव भोसले सँग भागेर विवाह गर्नु भएको थियो ।

यो विवाहमा लता मंगेशकर र परिवारको कडा विरोधको सामना थियो । विवाहपछि घरेलु हिंसा र कठिनाइको सामना गर्नुपरेको थियो । १९६० मा पहिलो विवाह विच्छेद भएपछि उहाँ तीन सन्तान (हेमन्त, वर्षा र आनन्द) सहित परिवारमा फर्किनु भएको थियो ।
दोस्रो विवाह आरडी बर्मनु सँग १९८० मा भएको थियो ।

आरडी बर्मनकी आमाले उहाँ ६ वर्ष जेठी र तीन सन्तानकी आमा भएकाले विवाहको विरोध गरेको भन्ने गरिन्छ । बर्मनका बुबा एसडी बर्मनको निधनपछि मात्र यो विवाह सम्भव भएको जानकारहरुको भनाइ छ ।
नेपाली चलचित्रहरूमा गैरी खेतको सिरै हान्यो।।” (फिल्म : प्रेम पिण्ड)
“एउटा मान्छे मनपर्छ।।”
“को होला मेरो मायालु।।” (फिल्म : मायालु) जस्ता गीतहरुमा स्वर दिनु भएकी स्व. आशा भोसलेको निधनले नेपालको सांगेतिक क्षेत्र पनि शोकाकुल बनेको छ ।
सुप्रख्यात गायिका आशा भोसलेको अन्तिम संस्कार भोली (सोमबार) साँझ ४ बजे मुंबईमा हुने परिवार श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस