२०८३ भाद्र ९ || 25 Aug 2026, Tuesday

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो" ज्ञ" ज्ञान हो

बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना,”अप्प दीपो भवः” : प्रधानमन्त्री बालेन्द्र शाह

"उज्यालोको अभाव नै अँध्यारो हो" जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ!बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना,”अप्प दीपो भवः” : प्रधानमन्त्री बालेन्द्र शाह

बैशाख १८ गते २०८३/ पुजन विश्वकर्मा

प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको सन्दर्भमा शुभकामना व्यक्त गर्दै बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना,”अप्प दीपो भवः” व्यक्त गर्नु भएको छ ।

उहाँले बुद्धले देखाउनु भएको बाटो दुख निवारणको बाटो भएको भन्दै “उज्यालोको अभाव नै अँध्यारो हो” जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ भन्नु भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री बालेनले साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो” ज्ञ” ज्ञान हो भनि बताउनु भएको छ ।

उहाँले बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ”भनेकाले बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा उभिन सफल भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस