२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

आधिकारिक स्रोत मात्र प्रयोग गर्न र गलत सूचनाबाट सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक

नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजि प्राली ३५००१ र एम्बिसन गुरु प्रालि ३१०६१ मा एसएमएसरयूएसएसडी तथा आईभीआर सेवा उपलब्ध गराइने
एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक

बैशाख २८ गते २०८३

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न सेवा प्रदायक संस्थामार्फत मोबाइल एसएमएस, आईभीआर सेवा र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको हो ।

नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजि प्राली ३५००१ र एम्बिसन गुरु प्रालि ३१०६१ मा एसएमएसरयूएसएसडी तथा आईभीआर सेवा उपलब्ध गराइनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार नतिजा प्रकाशनपछि विद्यार्थीले एसएमएसरआईभीआर सेवा, आधिकारिक वेबसाइट, मोबाइल एप तथा अन्य डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्दा आधिकारिक स्रोत मात्र प्रयोग गर्न र गलत सूचनाबाट सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ ।

एसइई २०८२ को नतिजा सार्वजनिक भएपछि देशभरका लाखौं विद्यार्थीले अनलाइन तथा मोबाइल माध्यमबाट सहजै नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस