बैशाख २८ गते २०८३ / पुजन विश्वकर्मा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको जनाएको छ ।
सोमबार साँझ प्रकाशित भएको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।
त्यस्तै, त्यसपछिको जीपीए ९३.२० देखि ३.६०० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।
एसईईको पूरक १ असारदेखि
आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको छ ।
परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन् ग्रेडिङमा परेका छन् ।
एसईईको नतिजा हेर्न

