२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

गत जुन-१८ मा हस्ताक्षर गरिएको शान्ति सम्झौताको बावजुद पछिल्लो समयमा तनाव

अमेरिकाले आक्रमण गरे प्रतिआक्रमण गर्ने इरानको चेतावनी

अमेरिकाले आक्रमणको उदेश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्ने रहेको जनाएको छ
अमेरिकाले आक्रमण गरे प्रतिआक्रमण गर्ने इरानको चेतावनी

साउन ७ गते २०८३

यदि अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रमा आक्रमण गर्यो भने तेहरानले अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण बिस्तार गर्ने इरानको मुख्य सैन्य कमान्ड, खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले बुधवार चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाड मुनि रहेको इरानी आणविक सुविधामा छिट्टै आक्रमण गर्ने भनि दिएको धम्कीकोे प्रतिक्रियामा इरानीको यस्तो प्रतिक्रियात्मक चेतावनी आएको जनाइएको छ ।

सैनिक मुख्यालयले संयुक्त राज्य अमेरिकाले इरानको आणविक र संवेदनशील केन्द्रमा आक्रमण गर्ने धम्की कार्यन्यनको चरणमा प्रवेश गरेमा इरानले प्रतिक्रियामा मध्यपूर्व क्षेत्रमा युद्धको विस्तार गरी संयुक्त राज्य अमेरिका र यसका सहयोगी तथा समर्थकको हितको विरुद्धमा शक्तिशाली आक्रमण गर्ने जनाइएको छ ।

यसैबिच इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले आफ्नो आधिकारिक समाचार पोर्टल सेपाह न्यूजमा विज्ञप्ति प्रकाशित गर्दै इरानी सेनाले कुवेतको अली अल सलेम एयर बेस वरपरको प्रारम्भिक चेतावनी रडार प्रणाली र वरपरका धेरै सुरक्षासँग सम्बन्धित रडार नष्ट गरेको जनाएको छ ।

होर्मुजको जलमार्गमा इरानी सेनाले जहाजलाई लक्षित गरी गरेको आक्रमणको प्रतिक्रियामा आक्रमण गरेको जनाउँदै अमेरिकाले आक्रमणको उदेश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्ने रहेको जनाएको छ ।

इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य सुविधालगायत अन्य अमेरिकी सुविधालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको लहरको साथ प्रतिक्रिया दिएको जनाएको छ । गत जुन-१८ मा हस्ताक्षर गरिएको शान्ति सम्झौताको बावजुद पछिल्लो समयमा तनाव बढेको छ जसमा दुई देशले अन्तिम सम्झौतामा पुग्नका लागि ६० दिन भित्र निर्णायक वार्ता गर्ने विषय तय गरिएको थियो । राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस