साउन १९ गते २०८३/ रामगोपाल वि.क
भेरी अस्पताल नेपालगन्जमा सेवाग्राहीको घुइचो लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.डक्ट धितालले बताउनु भएको छ । उहाँले सोमबार १,८०० जनाले ओपिडी, ६७० जनाले ल्याब र ३३२ जनाले अल्ट्रासाउन्ड सेवा लिएको बताउनु भयो ।
अध्यक्ष धितालले अस्पतालका अन्य सेवाहरू जोड्ने हो भने हजारौँ नागरिकको आशा, भरोसा र जीवनसँग प्रत्यक्ष भेरी अस्पताल जोडिएको बताउनु भयो।
उहाँले तिनै तहको प्रतिष्ठा र साविक भेरी राप्ती र महाकाली अञ्चलको केन्द्र विन्दु हाल लुम्बिनी प्रदेशको ठुलो मध्येको भेरी अस्पतालमा सिमित जनशक्ति,स्रोतसाधान र अपुग संरचनाले काम गर्न सेवा प्रवाह गर्न कठिनाइको सामना गर्नु परेको बताउनु भयो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लाखौँ नागरिकको अन्तिम आशा र विश्वासको उपचार केन्द्र भेरी अस्पतालको समग्र विकासका लागि संघिय सांसदहरु,प्रदेश सभाका सदस्यहरु र पालिका प्रमुख र राजनीतिक दलका नेता कार्यकताले विशेष पहलकदमी दिनुहुन अपिल समेत गर्नु भयो ।
अध्यक्ष धितालले सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीप्रति हार्दिक सम्मान व्यक्त गर्दै उहाँहरुको समर्पण साँच्चिकै प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा अध्यक्ष धितालले यति धेरै बिरामीलाई यति थोरै जनशक्तिले कति दिनसम्म धान्न सक्छ ?
वर्षौँदेखि ५०० शय्याको अस्पताल भन्ने घोषणा बजेट भाषणमा मात्र सिमित हुन्छ कि कार्यान्वयन पनि हुन्छ भनि प्रश्न गर्नु भएको छ । अध्यक्ष डा. डक्ट धितालले भेरी अस्पताल लाई नमुना अस्पतालका रुपमा विकास गर्न सरकार सँग माग गर्नुभयो ।
