२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

भाद्र २० गते डा.भीम रावलको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशको बुटवलमा

जनतामा जान ढिला नगर्नुस जनता विनाको राजनीतिको काम छैन् : नेता खतिवडा

महंगीको मारमा परेका उपभोक्ता का पक्षमा र महंगीका विरुद्ध आन्दोलन गर्न कसले रोक्यो किन चुप लागेको ? : अध्यक्ष जगन्नाथ खतिवडा
जनतामा जान ढिला नगर्नुस जनता विनाको राजनीतिको काम छैन् : नेता खतिवडा

भाद्र १ गते २०८३ / रामगोपाल विश्वकर्मा

नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय संयोजन समितिका सदस्य तथा पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाले लुम्बिनी प्रदेशको कोहलपुर र नेपालगञ्जमा नेता कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा अविलम्ब जनताका वीच जान नेता कार्यकर्ता लाई निर्देशन दिनु भएको   छ ।

उहाँले आम जनताको समस्या समाधान नगरी आफ्नो पिरव्यथाका गाथा गाउने कम्युनिष्ट हुन नसक्ने समेत बताउनु भयो । साउन ३० गते कर्णाली प्रदेशको कार्यक्रममा सुर्खेत आइपुग्नु भएका नेता खतिवडाले देशभरका कम्युनिष्टहरु,नेताहरुका नाममा रहेका संघसंस्था र प्रतिष्ठानहरु, बामपन्थीहरु,शुभचिन्तक र समर्थकहरुको आशा लाई विश्वासमा विकास गर्न पुष्पलाल मित्रता केन्द्रले देशका ७ प्रदेशमा कार्यक्रम गर्न लागेको जानकारी दिनु भयो ।

उहाँले बागमती प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डको प्रमुख आतिथ्यतामा साउन ८ गते,कर्णालीमा देव गुरुको प्रमुख आतिथ्यतामा साउन ३० गते, भाद्र ३ गते नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सुदुरपश्चिमको धनगढीमा,भाद्र ६ गते कोशी प्रदेशमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा, भाद्र २० गते डा.भीम रावलको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशको बुटवलमा र नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालको प्रमुख आतिथ्यतामा मधेसमा कार्यक्रम गरिने बताउनु भयो ।

जेनजी विद्रोहको जगमा बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासी माथि गरेको अन्याय नेपाली कम्युनिष्ट पार्टीले टुलुटुलु हेरेर नबस्ने र नबस्न पनि आग्रह गर्नु भयो । उहाँले महंगीको मारमा परेका उपभोक्ता का पक्षमा र महंगीका विरुद्ध आन्दोलन गर्न कसले रोक्यो किन चुप लागेको भनि प्रश्न गर्नुभयो ।

उहाँले नेता कार्यकर्ता सँगको भेटमा जनजीविका र राष्टियताका सवालमा कसैसँग सम्झौता नहुनु र नगरिने भन्दै मेहनतकश श्रमजीवी,दलित समुदाय,मधेसी समुदाय, मुस्लिम समुदाय र थारु समुदायको हक अधिकारका लागि उनीहरुको जीवनयापन सहज बनाउन दिलोज्यानले काम गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस