२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

१५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णय यथावत

नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २४ गते : संयोजक प्रेम बहादुर खड्का

२७ भदौमा गाउँ–नगर सम्मेलन, ३१ भदौमा प्रदेश सभा क्षेत्रीय सम्मेलन,जिल्ला अधिवेशन ६ असोजमा र प्रदेश सम्मेलन १० असोजमा :नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति
नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २४ गते : संयोजक प्रेम बहादुर खड्का

 

भाद्र २ गते २०८३ / रामगोपाल विश्वकर्मा

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे पनि असन्तुष्ट समुह सँग वार्ता गर्न भनि कार्यतालिका हेरफेर गरेको छ ।

१५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै कांग्रेसले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले संशाधित कार्यतालिकाअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ । यसअघि केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो ।

‘महामन्त्री पौडेलले यसबीचमा पार्टीको असन्तुष्ट समूहसँग संवाद गर्न वडा अधिवेशन २४ गते लाई तोकिएको बताउनु भयो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले संशोधित कार्यतालिकाअनुसार अब २७ भदौमा गाउँ–नगर सम्मेलन, ३१ भदौमा प्रदेश सभा क्षेत्रीय सम्मेलन गरिने बताउनु भयो।

उहाँले  प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको अधिवेशन ३ असोजमा, जिल्ला अधिवेशन ६ असोजमा र प्रदेश सम्मेलन १० असोजमा गरिने बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन समिति निर्वाचन तयारीमा लागिरहेको बेला गाउँ नगरका नेता कार्यकर्ता भने रुख चुनाव चिन्हमा भोट हाल्ने हो रुख जता जान्छ हामी त्यतै जान्छौ भन्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस