२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

आज विस्तारित मन्त्रिपरिषदमा प्रकाश रावल वनमन्त्री, ओमविक्रम भाट भौतिक मन्त्रालय, खुसीराम डगौरा थारु कानुनमन्त्री, इन्दिरा गिरी राज्यमन्त्री,जानकीदेवी कुँवरले राज्यमन्त्रीको जिम्मेवारी

सुदूरपश्चिम सरकारले पायो पुर्णता,आज मन्त्री परिषद विस्तार

सहमति बमोजिम कोशीमा हिक्मत कार्की,कर्णालीमा मंगल बहादुर शाही,बागमतीमा किरण थापा मगर,सुदुरपश्चिममा खगराज भट्ट,लुम्बिनीमा चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकार
सुदूरपश्चिम सरकारले पायो पुर्णता,आज मन्त्री परिषद विस्तार

भाद्र ५ गते २०८३/ रामगोपाल विश्वकर्मा

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले आज मन्त्री परिषद विस्तार गरिएको उहाँको सचिवालयले जनाएको छ ।

नेकपा एमाले र नेकपाबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारमा यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सहितको मन्त्रिपरिषद गठन भएको थियो ।आज सुदुरपश्चिम प्रदेश सरकारमा नेकपा तर्फबाट मन्त्रीहरू थपेर सरकार लाई पुर्णता दिइएको बताउनु   भयो ।

आज विस्तारित मन्त्रिपरिषदमा प्रकाश रावल वनमन्त्री, ओमविक्रम भाट भौतिक मन्त्रालय, खुसीराम डगौरा थारु कानुनमन्त्री, इन्दिरा गिरी राज्यमन्त्री,जानकीदेवी कुँवरले राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिने समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

३१ असारमा एमालेले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेले ३ बुँदे सहमति गरि देशका ७ प्रदेशमा नयाँ प्रदेश सरकार निर्माणको कामले गति लिएको थियो ।

सहमति बमोजिम कोशीमा हिक्मत कार्की,कर्णालीमा मंगल बहादुर शाही,बागमतीमा किरण थापा मगर,सुदुरपश्चिममा खगराज भट्ट,लुम्बिनीमा चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकार बनेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुले मधेस प्रदेश र गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठनका कामहरु भइरहेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस