२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

मुसा तथा अन्य साना जनावरमा पाइने किर्नाजस्तो सूक्ष्म जीव ‘माइट’ को टोकाइबाट स्क्रब टाइफस सर्ने

सल्यानमा स्क्रब टाइफस बाट ९ जनाको मृत्यु ,५७५ जनामा स्क्रब टाइफस पुष्टि

दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा स्क्रब टाइफसको संक्रमण : स्वास्थ्य सेवा कार्यालय सल्यान
सल्यानमा स्क्रब टाइफस बाट ९ जनाको मृत्यु ,५७५ जनामा स्क्रब टाइफस पुष्टि

असोज १७ गते २०८३/ रामगोपाल विश्वकर्मा

स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जिल्लामा स्क्रब टाइफस बाट ९ जनाको मृत्यु भएको बताउनु भएको छ । सल्यान जिल्लामा ५७५ जनाभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सल्यानमा हालसम्म दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले छत्रेश्वरी गाउँपालिका–२, दहखोलाकी ५१ वर्षीया नन्दा घर्तीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको बताउनु भएको छ ।योसँगै जिल्लामा स्क्रब टाइफसका कारण मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार मुसा तथा अन्य साना जनावरमा पाइने किर्नाजस्तो सूक्ष्म जीव ‘माइट’ को टोकाइबाट स्क्रब टाइफस सर्ने गर्छ । समयमै संक्रमण पहिचान गरी उपचार नगरे रोग जटिल बन्दै ज्यान जाने जोखिम हुन्छ ।

स्वास्थ्य सेवा कार्यालयले स्क्रब टाइफसका लक्षण, संक्रमणबाट बच्ने घरेलु उपाय तथा शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्नेबारे जानकारी गराउनुभएको छ ।

पिउने पानीको शुद्धीकरण, पानीका मुहान तथा स्रोतको व्यवस्थापन र दूषित पानीबाट हुने रोगबाट बच्ने उपायबारे पनि जानकारी दिइएको  थियो ।

 

प्रतिक्रिया दिनुहोस