असोज २० गते २०८३/ पुजन विश्वकर्मा
१४ औँ महाधिवेशनमा नेपाली कांंग्रेसमा ८ लाख ७० हजार पार्टी सदस्य रहेकामा १५ महाधिवेशनमा आइपुग्दा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले असोज १९मा सार्वजनिक गर्नु भएको विवरण अनुसार ९लाख ६९ हजार ८४२ कृयाशिल सदस्य रहेका छन् । देशभर बाट १५ औँ महाधिवेशनमा ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले पदाधिकारी सहित २९७ जनाको केन्द्रीय समिति चयन गर्नेछन् ।
नेपाली कांग्रेस १५ औँ महाधिवेशन मा लुम्बिनी प्रदेश बाट १ हजार १ सय १७,कर्णाली प्रदेश बाट ४ सय ९९,सुदुरपश्चिम प्रदेश बाट ६ सय ५०,गण्डकी प्रदेश बाट ७ सय १५ जना, मधे प्रदेश बाट १ हजार २ सय ५६,कोशी प्रदेश बाट १ हजार १ सय १७ र बागमती प्रदेश बाट १ हजार २ सय १७,विदेश स्थित जनसम्पर्क समिति बाट २ सय ४५,भातृ संस्था बाट २ सय २५ गरेर ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
एक महिला उपसभापति र एक महिला महामन्त्री अनिवार्य गरेको नेपाली कांग्रेसमा १ जना सभापति,वरिष्ठ उपसभापति १, उपसभापति ४,महामन्त्री ३,सहमहामन्त्री १५ कोषाध्यक्ष १ प्रवक्ता १,सहप्रवक्ता १ गरेर २सय ९७ सदस्यीय कार्यसमिति बन्ने निर्वाचन समितिले जनाएको छ । शनिबार खुलामञ्चमा उदघाटन भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा आइतबार र सोमबार सम्म नीति तथा कार्यक्रम र विभिन्न प्रतिवेशनहरु माथि छलफल भएको छ ।
आज मंगलबार साँझ शुरु भएको उम्मेदवारी दर्ता प्रकृयामा सभापति पदका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा पहिले नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गर्नु भएको हो । महामन्त्रीमा १५ जनाको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा ३२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उम्मेदवारी दर्ता प्रकृया जारी छ ।
असोज २२ गते विहान ७: ३० बजे देखि बेलुका ५ बजे सम्म मतदान गर्न सकिने र राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग मा बागमती प्रदेशका प्रतिनिधि,खुलामञ्च काठमाण्डौमा कोशी,मधेस,कर्णाली,सुदुरपश्चिम तथा भातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिमा प्रतिनिधि, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले बताउनु भयो ।

