असोज २२ गते २०८३ / रामगोपाल विश्वकर्मा
नेपाली कांग्रेस १५ औँ महाधिवेशनमा काभ्रे बाट लगातार महाधिवेशन प्रतिनिधि बन्दै आएका युवा नेता उस्पार सुनारले राजधानीमा साथीको खाँचो पुरा गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
नेता सुनारले अब हरेक युवाहरु एउटा न एउटा उद्यममा आवद्ध हुनुपर्ने अवस्था रहेकाले आत्मनिर्भर नेपाल निर्माणका लागि आत्मनिर्भर युवा नेता कार्यकर्ता बन्न बनाउन जरुरी रहेको बताउनु भयो । यो सन्देश दिन पनि आफुले उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
नेता सुनारले नेता गगन थापाको नेतृत्वमा देशभरिका दलितहरुको अवस्था बदल्न केन्द्रीय समितिमा बसेर काम गर्ने संकल्प लिएको बताउनु भयो ।
उहाँले नेपाली कांग्रेसमा आस्था राख्ने देशभरि बाट काठमाण्डौँ आउने कांग्रेसमा आवद्ध साथीहरुको के कति काम छ भनेर सोधिदिने,बुझिदिने र उनीहरुको सुखदुखमा साथी बन्ने मान्छेको अभाव रहेकाले त्यो अभाव पुरा गर्न आफुले केन्द्रीय समितिमा उम्मेदवारी दिएको बताउनु भयो ।
उहाँले अब जातिय छुवाछुत छ भनेर मानसिक तनाव नलिएर आफु बदलिने र आफ्ना सन्तति लाई शिक्षित तुल्याउने समय भएकाले अब मुक्ति आन्दोलन र समृद्धिको यात्रा सँग सँगै बढाउन आवश्यक रहेको नेता उस्पारले युगयान डेलीडटकम लाई बताउनु भयो ।
बागमती प्रदेशको छोरो,लुम्बिनी प्रदेशको ज्वाई उस्पार सुनारले भोट माग्दै भन्नु भयो” अब बलियो कांग्रेस,देशको कांगेस र समुन्नतिको कांग्रेस” बनाउने अभियानमा काम गर्ने अवसर दिनुस् ।
उहाँले विश्वास लाई व्यवहारमा पुरा गर्ने वाचा गर्दै देशभरि बाट आएका महाधिवेशन प्रतिनिधि लाई भोट दिनुहुन र उम्मेदवारहरु लाई विजयको शुभकामना दिनुभएको छ ।
