२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

स्कन्दमाताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परमशान्ति (मोक्ष) मिल्ने विश्वास

बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै

देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतीले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता
बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै

असोज २९ गते २०८३
बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँको नाम ‘स्कन्दमाता’ रहन गएको हो । देवी स्कन्दमाताको स्वरूप अत्यन्तै ममतामयी र शान्त छ । उहाँको वाहन सिंह हो । उहाँका चार वटा हात छन् । दायाँतर्फको माथिल्लो हातमा बालक स्कन्द ९कार्तिकेय० लाई काखमा राख्नुभएको छ । तल्लो हातमा कमलको फूल छ । बायाँतर्फको माथिल्लो हात वरमुद्रामा छ भने तल्लो हातमा कमलको फूल छ । कमलको आसनमा बस्ने भएकाले उहाँलाई ‘पद्मासना देवी’ पनि भनिन्छ ।

पौराणिक कथा अनुसार तारकासुर नामको शक्तिशाली राक्षस थियो । उसले ब्रह्माजीको कठोर तपस्या गरी ‘मेरो मृत्यु केवल शिवजीको पुत्रको हातबाट मात्र होस्’ भन्ने वरदान माग्यो । तारकासुरलाई थाहा थियो कि सतीदेवीको आत्मदाहपछि शिवजी गहिरो वैराग्य र ध्यानमा लीन हुनुहुन्छ, त्यसैले उहाँको विवाह र पुत्र हुने सम्भावना छैन ।

वरदान पाएपछि तारकासुर अमरसरह भयो । उसले तिनै लोकमा अत्याचार मच्चाउन थाल्यो । उसले देवतालाई स्वर्गबाट भगाइदियो । पीडित भएका सबै देवता ब्रह्माजी र विष्णु भगवान्को शरणमा गए ।

देवताहरूको प्रार्थना र लोककल्याणका लागि माता पार्वतीले कठोर तपस्या गरी भगवान् शिवसँग पुनः विवाह गर्नुभयो । शिव र पार्वतीको तेजबाट कुमार कार्तिकेय (स्कन्द) को जन्म भयो । बालक स्कन्दलाई युद्धको कला सिकाउन र योग्य बनाउन माता पार्वतीले स्वयम् संहारकारी रूप छाडेर ममतामयी माताको रूपधारण गर्नुभयो । माताको यही ममतामयी रूप स्कन्दमाता कहलियो । पछि स्कन्द (कार्तिकेय) ले देवताका सेनापति बनी तारकासुरको वध गरेर तिनै लोकलाई भयमुक्त बनाउनुभयो ।

स्कन्दमाताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परमशान्ति (मोक्ष) मिल्ने विश्वास गरिन्छ । देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतीले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ । स्कन्दमाताको आराधना गर्दा मूर्ख व्यक्ति पनि ज्ञानी बन्छ भन्ने विश्वास छ, किनभने उहाँलाई ज्ञानकी देवी सरस्वतीका रूपमा पनि कतिपय स्थानमा पुजिन्छ ।

बडादसैँलाई दुर्गापक्ष पनि भनिन्छ । बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यी नौ वटा दुर्गाका स्वरूपलाई नवदुर्गा भनिन्छ ।

प्रतिक्रिया दिनुहोस
À l'arrivée de l'automne, les cafés revisitent leurs recettes avec des produits chaleureux. Ces idées méritent d'être étudiées plus en détail. salade fraîche de betterave au poulet Quand le four dore On conseille souvent des morceaux bien nets On l'oublie souvent, un bon plat ne demande pas forcément des heures en cuisine. Quelques ingrédients frais, une cuisson précise et une touche personnelle suffisent pour régaler les convives.