२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

सस्तोमा गुणस्तर युक्त शिक्षा

समताको नीतिमा कोहलपुरका प्रमुख लुट ब. रावतको समर्थन

शिक्षा मानविय जीवनको सबै भन्दा महत्वपुर्ण पाटो
समताको नीतिमा कोहलपुरका प्रमुख लुट ब. रावतको समर्थन

सोमबार कोहलपुर समता स्कुल ले दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समता उपकेन्द्र प्रमुख रवि रोकायले यसपल्टको दशैंमा हरेक विद्यार्थीलाई टिका सगै रु ५ दिने भनेपछि कोहलपुरका प्रमुख लुट ब. रावतले रु६ सय २० व्यक्तिगत रुपमा दक्षिणा उपलब्ध गर्याएका थिए । प्रमुख अथिति कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावतले नर्सरीका बिद्यार्थीहरु लाई टिका लगाएर कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मानविय जीवनको सबै भन्दा महत्वपुर्ण पाटो भएकाले सुखी जिवन,चेतनशिल जिवनका लागि समताले सर्वसुलभ शिक्षा उपलब्ध गराएर अत्यन्त नमुना र प्रशंसा योग्य काम गरेकोमा प्रशंसा गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ११ का अध्यक्ष कर्ण ब. थापाले कक्षा १ र नेपाली कांग्रेस नगर सचिव भुम भण्डारीले कक्षा २ का बिद्यार्थी लाई टिका लगाउदै गरिब दुखी र सामाजिक भावनाका धनीले अत्यन्त सस्तोमा गुणस्तर युक्त शिक्षा पाएको भन्दै समताले चाडो माबि तहको शिक्षा संचालन गरोस् भनि शुभकामना दिएका थिए । कार्यक्रममा १ सय २० बिद्यार्थी तिनका अभिभावक र पत्रकारहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस