अन्तर्वार्ता

सामन्तवादको समूल अन्त्य हुन्छ : नेता युगान्त

सामन्तवादको समूल अन्त्य हुन्छ : नेता युगान्त

जनमुक्ति सेनामा रहँदा देशभरका ७८ भन्दा बढि ठुला फौजी कार्वाहीहरुमा सहभागी भएका दिपेन्द्र शाह (युगान्त) मुख्य रुपमा म्याग्दीको सदरमुकाम बेनि , अछामको सदरमुकाम मंगलसेन , पाल्पाको तानसेन , रुकुमको खारा , कपिलबस्तुको तौलिहवा , स्याङजाको पुतली बजार , अर्घखाँचीको सन्धीखर्क , जुम्लाको खलंगा , डोल्पाको दुनै , रोल्पाको गाम , कालिकोटको कोटवडा , दैलेखको नौमुले , अछामको बिनायक , जाजरकोटको पाँचकाटिया , लमजुङको भृपुस्ताङ रिपीटर टावर , नवलपरासीको सुनवल , लगायतको फौजी कार्वाहीमा सहभागी भएर रोल्पाको गाममा भएको आक्रमणमा बंकर कब्जा गरेर आर्मीको मुख्य कमाण्डर र महत्वपुर्ण हतियार कब्जा गरेर कुशल कमाण्डरका रुपमा ईतिहासमा दर्ज कमरेड युगान्त सँग युगयान दैनिकका लागि प्रदिप वाग्ले ले गरेको
कुराकानी :
पिता बल बहादु शाह र आमा अमृता शाहका ५ सन्तान मध्ये जेठा सन्तान दिपेन्द्र शाह (युगान्त) को जन्म कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका ८ मा २०३६/११/२८ मा भएको हो । ५ सन्तान मध्ये कान्छा भाई धर्मराज शाह महान जनयुद्धका क्रममा सहिद भएका थिए । २ दिदि बहिनी र १ भाईका साथ (युगान्त) हाल बैजनाथ गाउँपालिका वडा नं ५ मा मा बसोवास गर्दै आएका छन् ।
राजनैतिक जिवन :
२०५४ सालमा बिद्यार्थी राजनीति २०५५ सालमा छापामार दल हुदै नियमित जनमुक्ति सेना सिपाही बाट जनमुक्ति सेनाको बिगे्रड कमाण्डर सम्म हुनु भएका शाह राजनीति तर्फ पार्टी सदस्य हुदै गण्डक क्षेत्रिय ब्युरो सदस्य र सेनाको जनरल स्टाफ सदस्य सम्मको भुमिका निर्वाह गरेका थिए । शाह हाल नेपाल कम्युष्टि पार्टी नेकपा बाँकेको जिल्ला सदस्य रहेका छन् ।

१. जनयुद्धको सफल कमाण्डरका रुपमा हालको पार्टी एकता लाई कसरी हेरी रहनु भएको छ ?
जनयुद्ध एक बिशिष्ट
परिस्थितिमा गरिएको आन्दोलनको एक सफल कमाण्डरका रुपमा हेर्दा , जनयुद्धले उठाएका आंशिक मुद्धा पुरा भएको र केहि बाँकी रहेको अवस्थामा दुई ठुला कम्युनिष्ट पार्टीको एकताले नेता कार्यकर्ता र जनतामा ठुलो उत्साह पैदा भएको छ । समाजवादी आन्दोलन लाई पुर्णतामा पु¥याउन पार्टी एकताले महत्वपुर्ण भुमिका खेल्छ । पार्टी एकताले परिर्वतनकारी शक्तिका माझ ठुलो उत्साह पैदा गरेको छ भने प्रतिक्रियावादी कित्तामा भाडोभैलोको स्थिति पैदा गरेको छ । पार्टी एकताले पुर्णता पाउन केहि समय लागेको भए पनि भर्खरै विभागहरुले पुर्णता पाएको छ । अव पार्टी पुर्ण रुपमा एक्सनमा जाने भएकाले अव बिस्तारै पार्टी एकताको प्रभाव जनतामा पनि देखिन थाल्नेछ । अझ भनौ नेकपाको सरकारले गरेका कामको प्रभाव जनता र जनस्तरमा देखिन
थाल्नेछ ।

२.हाल दुई ठुला कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाले जनयुद्धले उठाएको एजेन्डा र जनताको माग लाई पुरा गर्न सक्ला ?
हाम्रो सुप्रिम लिडरहरुले भनिरहनु भएको पार्टी एकता ईच्छा भन्दा राष्ट्रिय आवश्यकताले भएको हो । हिजो दुई धु्रवमा रहेका नेता कार्यकर्ता राष्ट्रिय आवश्यकता लाई मध्यनजर गर्दै एक ठाउमा उभिएका छौ । यसले जनताका आवश्यकता पुरा गर्छकी गर्दैन भन्दा पनि यसले जनताको आवश्यकता जुन सुकै हालतमा पुरा गर्नु पर्छ । हामीले नगरे अर्को शक्ति नेपालमा छैन ।

३. जनमुक्ति सेनाको
जनरल स्टाफको सदस्य हुनु भएको कुशल कमाण्डर तपाई हाल बैजनाथ गाउँपालिका खुम्चनु भएको छ । यस लाई कुन रुपमा लिनु भएको
छ ? खास गरि भुमिका आफुले माग्ने भन्दा हिजो देखि पार्टीको आवश्यकतामा मृत्यु लाई हत्केलामा राखेर हिडेको एक योद्धा हुनुको नाताले आज पनि म जे र जुन स्थानमा छु हाल पनि पार्टीको आवश्यकता अनुसार भुमिका निर्वाह गरिरहेको छु । हामीले के जिम्मेवारी पायौ भन्दा पनि समग्र आन्दोलनले देश र जनताको हितमा काम गरिरहेको अवस्थामा व्यक्तिगत जिम्मेवारी गौण कुरा हो । व्यक्तिगत भन्दा पार्टीको आवश्यकता र योजनामा हामी जतिसुकै बेला जस्तो सुकै भुमिका का लागि तयार हुनुपर्छ ।आम जनताका आवश्यकता पुरा भए पछि व्यक्तिका कुरा गौण हुन । भर्खरै पार्टी एकता भएकोले पार्टीले हिजोको ईतिहास र योग्यता र क्षमताको आधारमा म लगायत सबै नेता कार्यकर्ता लाई उचित जिम्मेवारी दिनेमा म विश्वस्त छु ।

४.तपाई सँगै हिजो मोर्चामा सहभागी सहयोद्धाहरु राज्यका बिभिन्न लाभका पदमा हुनुहुन्छ । तपाई लाई पार्टीले किन उपेक्षा गरेको ?
यसमा मैले केहि बोल्न मिल्दैन यसमा पार्टी र नेताहरुले बिचार गर्ने कुरा हो । अझै पनि पार्टीको आवश्यकता अनुसार योगदान गर्न म तयार छु । समयअनुकुल पार्टीले जिम्मेवारी दिने नै छ ।

५. युवा नेता हुनुहुन्छ तपाईको पार्टीको लक्ष्य के हो ?
१० वर्षे जनयुद्धको जगमा निर्माण भएको माओवादी र संसदिय राजनीतिमा विभिन्न आरोह अवरोहको अनुभव संगालेको २ पार्टी अब देशमा बेरोजगार समस्याको समुल अन्त्य गरि देशमै रोजगारी सिर्जना गर्न चाहन्छ । खास गरी युवा जोश र जागरको देशकै माटोमा सदुपयोग गर्न चाहन्छ । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न नेपाल कम्युनिष्ट पार्टी नेकपा एकमना एकताका साथ लाग्नु पर्छ ।देशमा सामन्तवादको नाईके त हामी राजनीतिक दलहरुले ढाल्यौ अब जात,धर्म ,लिङ्ग र क्षेत्रका नाममा लुकेका सामन्तवादका अवशेषको समुल अन्त्य गर्ने दिशामा अघि बढछौ ।

६. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
बाँके जिल्ला सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोणले अत्यन्त सम्भावना बोकेको जिल्ला भएकाले राजनीतिक स्वार्थ भन्दा माथि उठेर बाँकेको सर्वाङ्गिण विकासका लागि योगदान गरौ ।म सबै युवा साथीहरु लाई तपाईको जनमुखी पत्रिका मार्फत यही आव्हान गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७