२०८३ कार्तिक १० || 26 Oct 2026, Monday

निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु

गुल्मीमा जिप दुर्घटना ! ६ को मृत्यु, ३ घाइते

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते
गुल्मीमा जिप दुर्घटना ! ६ को मृत्यु, ३ घाइते

कार्तिक ९ गते २०८३

जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा जिप दुर्घटना हुँदा ६ को मृत्यु भई ३ जना घाइते भएको जनाएको छ ।

दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको जिप कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको   छ ।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।

छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।

दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, जिप चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, त्यही ठाउँकी सिता पाण्डे तथा कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि मृत्यु भएको छ ।

दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट घाइते तथा मृतकहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याएको छ ।
प्रहरीले दुर्घटनाको कारण को अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस