२०८३ कार्तिक १० || 26 Oct 2026, Monday

भोली मङगलबार दुई खेल!विराटनगर किङस / चितवन राइनोज, जनकपुर बोल्ट्/ कर्णाली याक्स

एनपिएल सिजन ३ मा लुम्बिनी लाइन्सको विजयी शुरुवात

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ं.२ ओभरमै ८७ रनमा अलआउट, लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाएर सजिलै लक्ष्य प्राप्त गर्यो
एनपिएल सिजन ३ मा लुम्बिनी लाइन्सको विजयी शुरुवात

कार्तिक ९ गते २०८३

लुम्बिनी लाइन्सले सोमबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार विजयी सुरुवात गरेको छ । गत वर्ष लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई नै फाइनलमा निराश पारेर च्याम्पियन बन्न सफल भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ं.२ ओभरमै ८७ रनमा अलआउट भएको थियो ।

लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाएर सजिलै लक्ष्य प्राप्त गर्यो । गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ५ बलअघि नै ८५ रनमै सीमित पारेको थियो ।

एनपिएल सिजन ३ मा भोली मङगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किङसले चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ले कर्णाली याक्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस