३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

सम्पादकीय

निर्माण प्रक्रिया अगाडि बढाऊ

no-image

कोहलपुरमा सुविधा सम्पन्न प्रशिक्षण हल निर्माण हुने भएको छ । फुटबल खेलको विकासका लागि फुटबल प्रशिक्षण हलको प्रयोग र त्यसको व्यवस्थापन गर्न सकेमा फुटबल खेलमा विकास हुने छ । फुटबल खेलाडीहरुका लागि खेल मैदानमा सिक्न चाहाने खेलाडीले मौका पाउने छन् । विशेष गरी साना उमेरका बच्चाहरु फुटबल सम्बन्धि प्रशिक्षण तथा नियमित खेल अभ्यास गर्ने लक्ष्य राखिएको छ । पछिल्लो पटक फुटबल खेलको क्षमता विकासमा टेवा पु¥याउने उद्देश्यका साथ अखिल नेपाल फुटलब संघ नेपालले देशका विभिन्न ठाँउहरुमा प्रशिक्षण हल निमार्ण गरी खेल सञ्चालन गर्ने तय गरेको छ । जसबाट नयाँ खेलाडीहरु उत्पादन गर्न सहज बन्ने आशा राखिएको छ । नेपालमा फुटबल खेलको क्षेत्रमा विकास र प्रगति तर्फ अगाडि बढाउन फुटबल संघले विभिन्न निति तथा कार्यक्रम संञ्चालन गर्न सहज हुने छ । अहिले फुटबल खेल क्षेत्रको विकास र प्रतियोगितामा विजय खेलाडीको अवस्था सुधार गर्न प्रशिक्षण हल उत्तम सावित हुने छ ।हालै कोहलपुर नगरपालिकाले फुटबल प्रशिक्षण हल तथा एकेडेमी निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । आशा गराँै चाडै प्रशिक्षण हल निमार्ण गरी खेलकुद प्रतियोगिता तथा तालिम सञ्चालन हुने छ । जसबाट बाँके र बर्दियाका फुटबल खेलाडीहरु खेल्न र सिक्न सफल हुने छन् ।

प्रतिक्रिया दिनुहोस