२०८३ कार्तिक १० || 26 Oct 2026, Monday

पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाको योगदान अविष्मरणीय छ

खजुरा क्यान्सर अस्पतालमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिक निर्माण गरिने

“हाम्रै बाँके निवासी पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाको को सम्मानमा बैजनाथ गाउँपालिकाले बजेट विनियोजन गरेको हो : अध्यक्ष प्रकाश बहादुर शाही
खजुरा क्यान्सर अस्पतालमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिक निर्माण गरिने

कार्तिक ९ गते २०८३

बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिक तथा बाटिका निर्माण गरिने भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकाले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सम्मानमा क्यान्सर अस्पताल परिसरभित्र उहाँको शालिक तथा बाटिका निर्माण गर्ने भएको हो । सो अस्पताल खजुरा गाउँपालिकामा अवस्थित छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमार्फत शालिक तथा बाटिका निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले पूर्वाधार विकास अन्तर्गत शालिक र बाटिका निर्माणका लागि १० लाख रुपियाँ विनियोजन गरिएको छ ।

“हाम्रै बाँके निवासी संविधान पिता एवम् पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाको योगदान अविष्मरणीय छ, उहाँको सम्मानमा गाउँपालिकाले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको परिसरमा बाटिका र उहाँको शालिक निर्माणका लागि सशर्त अनुदानमा बजेट विनियोजन गरेको हो,” अध्यक्ष शाहीले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन हुनेछ ।”

सादगी नेताका रुपमा परिचित कोइरालाले राष्ट्रका लागि पुर्‍याएको योगदान स्वरुप गाउँपालिकाले बजेट विनियोजन गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

पश्चिम नेपालका तीन प्रदेशका बिरामीलाई लक्षित गरेर खजुरामा क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै पश्चिम क्षेत्रका नागरिकले आफ्नै ठाउँमा सहज रुपमा उपचार गराउन पाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालयले पनि नेपालगन्ज–१० ट्राफिक चोक नजिक रहेको सुशील बाटिका परिसरमा स्वर्गीय कोइरालाको सम्मानमा अर्धकदको शालिक निर्माण गरेको छ ।
साभार गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस