२०८३ भाद्र ९ || 25 Aug 2026, Tuesday

लुम्बिनी प्रदेशका झण्डै १७ लाख महिला मतदाता लाई प्रशिक्षित गर्नु संगठनको दायित्व

गणतन्त्र प्राप्तिमा महिलाले शान्ति र क्रान्तिको बाटो बाट गरेको बलिदान प्रेरणाको सत्य जीवन्त कथा हो : नेता अब्दुल हुसेन खाँ

प्रदेशका १२ जिल्लामा एकता भेला,संगठन विस्तारका कामहरु वडा तह सम्म गर्न अहोरात्र मेहनत गरिने प्रतिबद्धता : अखिल नेपाल महिला संघको संयोजक पुनम श्रीपाईली
गणतन्त्र प्राप्तिमा महिलाले शान्ति र क्रान्तिको बाटो बाट गरेको बलिदान प्रेरणाको सत्य जीवन्त कथा हो : नेता अब्दुल हुसेन खाँ

भाद्र ८ गते २०८३ /निराजन वि.क

लुम्बिनी प्रदेशको भालुवाङ प्युठानमा अखिल नेपाल महिला संघ क्रान्तिकारी,अखिल नेपाल महिला संघ समाजवादी,अखिल नेपाल समाजवादी महिला संघ ,अखिल नेपाल महिला संघ क्रान्तिकारी,नेपाल समाजवादी महिला संगठन लगायतको आयोजनामा संगठनमा एकता,राजनीतिमा नेतृत्व र आर्थिकरुपमा आत्मनिर्भरता भन्ने मुलनाराका साथ नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संगठन लुम्बिनी प्रदेश स्तरिय एकता भेला सम्पन्न भएको छ ।

भेला लाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँले नेपालको कम्युनिष्ट आन्दोलनमा संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमा महिलाले शान्ति र क्रान्तिको बाटो बाट गरेको बलिदान प्रेरणाको सत्य जीवन्त कथा रहेको बताउनु भयो ।

उहाँले लुम्बिनी प्रदेशका झण्डै १७ लाख महिला मतदाता लाई नेपालको संविधान प्राप्ति मा समाजवाद उन्मुख बाटोमा नेपाली कम्युनिष्ट पार्टीले गर्न चाहेका कामहरु र महिला अधिकारका पक्षमा खेलेका भुमिका बारे प्रशिक्षित गर्नु संगठनको दायित्व भित्र पर्ने बताउनु भयो । नेता खाँ ले जनताको जनजीविकाको सवालमा सचेत बन्दै महंगी र भष्टचारको निर्मताका साथ विरोध गर्न आग्रह गर्नु भयो ।

देशमा बलात्कारका घटनाहरु बढेको र नानीछोरीहरुले समयमै न्याय नपाउने अवस्था देखिएकाले यो कुम्भकर्ण जस्तो सरकारका विरुद्ध शसक्त आन्दोलनको आवश्यकता रहेको बताउनु भयो ।

भेलाले पुनम श्रीपाईली संयोजक,सस्मति चौधरी र खुमा कुमारी बुढा सहसंयोजक रहेको १७५ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन भएको जानकारी दिनुभयो ।नवगठित अखिल नेपाल महिला संघको संयोजक पुनम श्रीपाईलीले प्रदेशका १२ जिल्लामा एकता भेला,संगठन विस्तारका कामहरु वडा तह सम्म गर्न अहोरात्र मेहनत गरिने प्रतिबद्धता गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस