भाद्र ७ गते २०८३/ रामगोपाल विश्वकर्मा
नेपालगञ्ज उद्योग वाणिज्य संघमा आबद्ध कूल मतदाता सदस्य तीन हजार आठ सय ६३ जना रहेकोमा एक हजार आठ सय ४७ ले मात्रै मत खसालेका हुन् ।
निर्वाचनमा सहभागी मतदाता संख्या हेर्दा ५२ प्रतिशत मतदाता मतदान प्रकृयामा सहभागी नभएको पाइएको हो ।
शनिबार सम्पन्न निर्वाचनमा नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली,संघको महिला उपाध्यक्षमा रुपा ओझा (सानु) महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा प्रदीप आचार्य, कोषाध्यक्षमा टीकामणि उपाध्याय ,उद्योगतर्फ र वाणिज्यतर्फको उपाध्यक्षमा कमलकुमार कार्की र विष्णुप्रसाद श्रेष्ठ, एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहान सकिएको हो ।
प्राप्त नतिजा अनुसार अध्यक्षमा निर्वाचित चिरञ्जीवी ओलीले एक हजार ३८६ मत प्राप्त गरि विजयी बन्नु भएको निर्वाचन अधिकृत तीर्थराज ज्ञवालीले बताउनु भयो ।
