२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा सार्वजनिक बिदा

आज बुधबार नेपालगन्जका विद्यालयमा बिदा

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत, तथा धार्मिक विद्यालयहरुमा सार्वजनिक बिदा
आज बुधबार नेपालगन्जका विद्यालयमा बिदा

भाद्र १० गते २०८३

नेपालगन्ज उपमहानगरपालिकाले भदौ १० गते बुधबार नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ ।

मङ्गलबार वरिष्ठ शिक्षा अधिकृत लोकन्द्रबहादुर शाहीले एक सूचना जारी गर्नुहुँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरुमा बुधबारका दिन सार्वजनिक बिदा हुने जानकारी दिनुभएको हो ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत, तथा धार्मिक विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस