भाद्र १०गते २०८३
स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा शुभकामना सन्देश जारी गर्दै पालिकाहरुले मुस्लिम समुदायले मनाउने पर्व भए पनि नेपाली वीच आपसी सम्बन्ध प्रगाढ र भाइचारा सुदृढ बनोस् भनि शुभकामना व्यक्त गरेका छन् ।
