२०८३ कार्तिक ५ || 21 Oct 2026, Wednesday

नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

टीका लगाउँन १० बजेर २६ मिनेट उत्तम साइत

देवी विसर्जन पछि सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने परम्परा,घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा
टीका लगाउँन १० बजेर २६ मिनेट उत्तम साइत

कार्तिक ४ गते २०८३/  स्नेहा विश्वकर्मा

नेपाल पञ्चांग निर्णायक विकास समितिले आज टीका लगाउन उत्तम साइत १० बजेर २६ मिनेट रहेको जनाएको छ ।आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको पनि समितिले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले देवी विसर्जन पछि सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउन भनेको छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ ।

त्यसपछि मान्यजनबाट टीका लगाउन सकिने जनाएको छ ।

आज बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गा देवीको पुजा आराधना गरि प्राप्त भएको आर्शिवाद आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

प्रतिक्रिया दिनुहोस