२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

बैजनाथ गाउँपालिकाले ६०र ४० का कार्यक्रम निर्माण

उत्पादनमुखी सहकारी बैजनाथ विकासको आधार:अध्यक्ष मान बहादुर रुचाल

उत्पादन, संकलन ,बजारीकरण गर्न सहकारी तथा गाउँपालिकाको नियमित रुपमा अनुगमन र उनीहरुको क्षमता अभिबृद्धि गर्नु पर्नेमा जोड
उत्पादनमुखी सहकारी बैजनाथ विकासको आधार:अध्यक्ष मान बहादुर रुचाल

बैजनाथमा गाउँपालिकामा आवद्ध सबै सहकारीहरुलाई उत्पादन, बजारीकरण ,यान्त्रिकरण
रोजगारीमूलक बन्न बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आग्रह गरेका छन् । शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिकामा आवद्ध  सहकारीहरुलाई निर्देशन दिदै अध्यक्ष रुचालले यस्तो धारणा राखेका हुन् । आव२०७५ । ०७६ को लागि कूल बजेट मध्ये सबै क्षेत्रगत रुपमा ७० प्रतिशत रकम वडा कार्यालयमा पठाएको अध्यक्ष मान बहादुर रुचालले जानकारी गराए । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्थानीय निकायले उत्पादन क्षेत्रसँग समन्वय गरी विभिन्न गतिविधिहरु सहकारी मार्फत कार्यक्रम संचालन गर्न ईच्छुक रहेको बताए । अब छिट्टै सहकारी ऐन स्थानीय निकायले निर्माण गर्ने बताउदै रुचालले सरकारको तिन खम्बे अर्थ नीतिलाई स्थानीय सरकारले  अनुशरण गरीने जानकारी गराए । बैजनाथ गाउँपालिका कृषि आर्यआजन, रोजगारी यान्त्रिकरण विकास गरी समृद्ध बैजनाथ बनाउँने संकल्पमा सहकारी संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको अध्यक्ष रुचालले जानकारी दिए । बैजनाथ गाउँपालिका कार्यालयले आव २०७३ । ०७४मा ९० लाख रकम विनियोजन गरेको थियो ।
सहकारीहरुको क्षमता अभिबृद्धि युवा स्वरोजगार , दुध उत्पादन तथा दुध संकलन केन्द्र निमार्ण लगाएतका क्षेत्रमा बैजनाथ गाउँपालिकाले रकम विनियोजन गरेको थियो । सहकारी बोर्डका केन्द्रिय सदस्य देव बहादुर के सी ले सहकारीहरुलाई मर्ज गर्न आवश्यक रहेको बताए । केसीले एक उत्पादन एक सहकारी हुनु पर्ने धारणा राखे यस्ले गर्दा दिगो रुपमा र छिटो प्रतिफल हासिल गर्न बैजनाथ गाउँपालिका सफल हुने विश्वास व्यक्त गरेका थिए ।
आव २०७५।०७६का लागि सहकारीसँग cगर्नु पर्ने खुल्ला छलफलमा सहभागिहरुले बताए ।
सहभागि मध्ये वडा नं २ का शेर बहादुर बस्नेतले उत्पादन, संकलन ,बजारीकरण गर्न सहकारी तथा गाउँपालिकाको नियमित रुपमा अनुगमन र उनीहरुको क्षमता अभिबृद्धि गर्नु पर्ने धारणा राखे । जिल्ला सहकारी संघका अध्यक्ष प्रेम बहादुर सुवेदीले सहकारीबाट मात्र आर्थिक समृद्धि हुने बताउदै अब सहकारीहरुलाई उत्पादनसँग जोडिन आवश्यक रहेको बताए ।बैजनाथ गाउँपालिकालाई धन्यवाद दिदै बैजनाथमा रहेका सहकारीहरुलाई उदेश्य अनुसार्र एकिकृत गरी मर्ज गर्नाले सेवा विस्तार र आर्थिक रुपमा सवल हुने धारणा राखे । यस्ले गर्दा सहकारी मार्फत खानेपानी, स्वास्थ्थ ,कृषि उत्पादन, दुध संकलन लगाएतका क्षेत्रमा काम गर्न सहज हुने आफ्ना धारणा प्रस्तुत गरे । बैजनाथ गाउँपालिका कार्यालय वडा न ं५ का वडा अध्यक्ष मन बहादुर खत्रीले पकेट क्षेत्र निर्धारण गरी चलायमान सहकारीहरुसँग सहकार्य गरी कार्यक्रम शुरु गरिने बताए । बैजनाथ गाउपालिकामा ५५ वटा सहकारीको तथ्याङक भए पनि ३३ वटा मात्र सहकारी सूचिकृत भएको खत्रीले बताए । कार्यक्रममा वडा १ का अध्यक्ष रुप बहादुर मल्ल वडा ३ का अध्यक्ष रामचरण थारु,  सहकारी अभियन्ता एकता शाह लगाएतले झोले सहकारीलाई
खारेज गर्दै काम गरिरहेका सहकारी सँग बैजनाथ गाउपालिकाले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए कार्यक्रममा बैजनाथ गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र बहादुर माझीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस