२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

निरन्तरको अभ्यासबाट जस्तोसुकै कार्य सफल हुन सक्छ

गुरुकुल शिक्षाका बारेमा

अनुशासन, आज्ञापालन र ज्ञानप्रति समर्पणभाव गुरुकुल शिक्षाका महत्वपूर्ण विशेषता हुन्
गुरुकुल शिक्षाका बारेमा

द्रोणाचार्यको गुरुकुलबाट सुशिक्षित अर्जुन सर्वश्रेष्ठ धनुर्धारी हुन । निरन्तरको अभ्यासबाट जस्तोसुकै कार्य सफल हुन सक्छ भन्ने बुझेका अर्जुन रातको समयमा पनि धनुर्विद्या सिक्थे । गुरुले एक रात यो कार्य थाहा पाए तर रोकेनन, बरु अर्जुनको सीप हासिल गर्ने उत्कठ चाहना बुझेर मौनता साधे । अर्जुनप्रति विश्वास गरे । गुरुले शिष्यको लगाव बुझेर त्यसलाई प्रोत्साहित गर्नुपर्छ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । गुरुकुलमा अर्जुन असाध्यै मिहिनेत गर्दथे । अर्जुनले युद्धनीति, कुटनीति, राजनीति आदिको कुशल प्रयोग गरी कुरुक्षेत्रमा विजयी बनेर पाँचगाउँ होइन सिंगो राज्य नै हासिल गर्न सफल भए ।  गुरुकुलमा को व्यक्ति कुन परिवारबाट आयो भन्ने कुरा नहेरी सबैलाई समान व्यवहार गरिन्थ्यो । राजा दशरथको आज्ञा पालनका खातिर चौध वर्ष वनवास वसेका रामचन्द्र राजा जनककी छोरी सीताका लागि धनुकाँढ ताँदोमा चढाउने प्रतिष्पर्धामा भाग लिए र सफल भए । ज्ञानको भोक जागेर जनकले जनकपुरमा विश्वका हजारौँ दार्शनिकहरुलाई शास्त्रार्थ गराए । अनुशासन, आज्ञापालन र ज्ञानप्रति समर्पणभाव गुरुकुल शिक्षाका महत्वपूर्ण विशेषता हुन् । वैदिक शिक्षा सभ्यता र संस्कृतिको आधारभूत मूल्य एवं सम्पदा हो । समाजका असल मान्यता, परम्परा र साँस्कृतिक निधिको जगमा नै ज्ञान आर्जन गर्न सकिन्छ । वैदिक ज्ञानले भविष्यमा अघि बढ्न ठूलो मद्दत पुयाउँछ । चेतनशील प्राणी हुनुको मूल मर्म आत्मसात गर्दै नैतिक आचरणमा रहन सिकाउँछ । गुरुकुल आवासीय शिक्षालय हो । शिष्यले गुरु आश्रममा परिवारको सदस्य सरह रहनु पर्ने हुन्छ । गुरूप्रति उच्च सम्मान प्रकट गर्नु शिष्यको कर्तव्य हुन आउँछ । शिष्यलाई असल गुण र शिक्षा प्रदान गर्नु गुरुको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस