२०८३ कार्तिक ११ || 27 Oct 2026, Tuesday

अध्यक्षमा बलराम रैदास

संविधानले व्यवस्था गरेका हक अधिकार कार्यान्वयन गर्न एमाले प्रतिबद्ध : नेता विश्वकर्मा (भिडियो सहित)

नेपालगञ्ज उपमहानगरमा दलित,मधेसी र मुस्लिम समुदायको आर्थिक र राजनीतिक,सामाजिक रुपान्तरणका लागि एमाले जिताउन आवश्यक : अध्यक्ष सुर्य ढकाल
संविधानले व्यवस्था गरेका हक अधिकार कार्यान्वयन गर्न एमाले प्रतिबद्ध : नेता  विश्वकर्मा (भिडियो सहित)

भाद्र १९ गते २०७८
नेकपा एमाले नेपालगञ्ज उपमहानगर कमिटि वडा नं १८ को आयोजनामा नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडा भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि एमाले नेता पुजन विश्वकर्माले संविधानले व्यवस्था गरेका हक अधिकार कार्यान्वयन गर्न एमाले प्रतिबद्ध रहेको बताए ।उनले संघिय लोकतान्त्रिक गणतन्त्रमा भईरहेका जातिय छुवाछूतका घटनाले राज्यका पुनरसंरचना लाई गिज्याईरहेको बताए । नेता विश्वकर्माले दलित समुदाय लाई जमिन सहित आवासको व्यवस्था र जातिय जनसंख्याका आधारमा राज्यका सम्पुर्ण क्षेत्रमा प्रगतिशिल आरक्षणका आधारमा सहभागिता सुनिश्चित गराउन मुक्ति समाज संघर्षरत रहेको बताए ।

भेला लाई सम्बोधन गर्दै एमाले बाँके का ले नेपाली समाजमा कलंकको रुपमा रहेको जातिय छुवाछूतको समूल अन्त्यका लागि सून्य सहनशिलताका आधारमा सरकार र दलहरु अघि बढ्नु पर्ने बताए ।अध्यक्ष ढकालले क्रान्तिका नाममा जिल्ला र नेतृत्व स्थापित भएका ठाउमा प्रेम गरेकै कारण दलित युवाहरुको सामुहिक हत्या हुँदा मौन बस्ने पार्टी र नेताहरु सरकारमा भएकाले दलित समुदाय त्रसित भएर बाचेको विश्लेषण गरे । उनले शिक्षा र स्वास्थ्यमा मात्र नभएर मुल पार्टीमा र जनवर्गिय संगठनमा समेत दलित समुदायको नेतृत्व स्थापित गराउन लागि परेको बताए । नेता ढकालले नेपालगञ्ज उपमहानगरमा दलित,मधेसी र मुस्लिम समुदायको आर्थिक र राजनीतिक,सामाजिक रुपान्तरणका लागि एमाले जिताउन आवश्यक रहेको बताए ।

भेला लाई खजुरा गाँउपालिका उपाध्यक्ष एकमाया विक,मुक्ति समाजका नेता हरि सुनार,मुक्ति समाजका अध्यक्ष हिम बहादुर नेपाली र युवा संघका राष्ट्रिय नेता तथा वडा नं १८का अध्यक्ष दिपक बर्माले सम्बोधन गर्दै शिक्षित हुन,संगठित हुन र राजनीतिक रुपमा सचेत रहन आव्हान गरेका थिए । भेलाले बलराम रैदासको अध्यक्षतामा २२ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ति समाज वडा नं १८मा वडा स्तरिय कमिटि चयन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस