२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

द्वन्द्वात्मक भौतिक वादको थप राजनीतिक विकास मा बहस चलाउ

नेपालमा कम्युनिष्ट पार्टीको विकल्प छैन् : अध्यक्ष विप्लव ( भिडियो सहित )

कांग्रेस सहित समाजवादको यात्रा चाँडो सम्पन्न गर्नु कम्युनिष्ट हरुको दायित्व : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव
नेपालमा कम्युनिष्ट पार्टीको विकल्प छैन् : अध्यक्ष विप्लव ( भिडियो सहित )

जेठ १८ गते २०८० / ईन्द्र बहादुर विश्वकर्मा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले नेपालमा कम्युनिष्ट पार्टीको विकल्प नभएको बताएका छन् । अध्यक्ष विप्लवले कांग्रेस सहित समाजवादको यात्रा चाँडो सम्पन्न गर्नु कम्युनिष्ट हरुको दायित्व भएको बताए ।

उनले बैचारिक रुपमा नेपालमा पार्टीहरु प्रष्ट सँग दुई ध्रुवमा बाडिएको भन्दै एउटा ध्रुव कम्युनिष्टहरुको भएको बताए । भुमिगत राजनीति पछिको खुल्ला राजनीतिमा देश दौडाहमा रहेका विप्लवले बाँकेको कोहलपुरमा कम्युनिष्ट नेता कार्यकर्ताहरु सँग भेटघाटका सन्दर्भमा यस्तो बताएका हुन् ।

विश्व कम्युनिष्ट आन्दोलनमा द्वन्द्वात्मक भौतिक वादको थप राजनीतिक विकास मा बहस चलाउन उनले आग्रह गरे । आर्थिक रुपमा एकीकृत स्वामित्वको विधि हुदै राष्ट्रिय पुजीको विकासमा जोड दिन सकिने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले देश पछाडि फर्कन नसक्ने भन्दै सम्पुर्ण प्रगतिशिल,देशभक्तहरुको मोर्चा बनाउन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस