२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

अधिकारविहीन सङ्घीयताले देशमा परिवर्तन हुन सकेन

सबै अधिकार केन्द्रमै राखेर कसरी सङ्घीयताको अनुभूति हुन्छ : नेता कोइराला

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाए : नेपाली कांग्रेस नेता डा शेखर कोइराला
सबै अधिकार केन्द्रमै राखेर कसरी सङ्घीयताको अनुभूति हुन्छ : नेता कोइराला

मंसिर १५ गते २०८० / रासस

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए।

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए। ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै भएको उनको भनाइ छ। सङ्घीयता आयो तर अधिकारविहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाइ छ।

सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी सङ्घीयताको अनुभूति हुन्छ ? भनी प्रश्न गर्दै नेता कोइरालाले अधिकार सहितको सङ्घीयता लागू गर्न आवश्यक रहेको बताए। नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस