साउन ३१ गते २०८१/ निराजन वि.क
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत कमलामाई नगरपालिका-२ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।गोलन्जोर गाउँपालिका-६ का पृथ्वी भुजेल र वडा सदस्य उदय मंसाग्री मगरको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका पवन मंसाग्री मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तरकारी तथा खाद्यान्नओसारपसार गर्ने डबल क्याव वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परी घाइते ११ मध्ये चालक टिकाजंग राई र यात्रु हिमाल परियारलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार पश्चात धुलिखेल पठाइएको र अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताएका छन् ।
