भाद्र २७ गते २०८१/ निराजन वि.क
‘ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जितेकी छन्। पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने अभियन्ताका रुपमा चिनिन रुचाउने मिस युनिभर्स सम्पदा घिमिरेले मेहनत गरे आफुले देखेका सपनाहरु पुरा हुने विश्वास राख्छिन् ।
मिस युनिभर्स सम्पदा घिमिरेले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ। ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा भएको फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए।
फिनालेका लागि जुरीमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, पूर्व मिस युनिभर्स सोफिया भुजेल, पुर्व मिस नेपाल इसानी श्रेष्ट, गोल्डस्टारका कार्यकारी निर्देशक विदुशी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल, समीक्षा शारदा संघाइ र नेतृ डिना उपाध्याय रहेको ‘ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले बताएको छ ।
