२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन

पशुपतिको दर्शन गर्न साइकल यात्रा

साइकल चढेर करिब ६ सय ५० किलोमिटरको दूरी यात्रा गर्न उहाँहरू इच्छुक भएपछि पशुपति दर्शका लागि उहाँहरूलाई बिदाइ गरिएको हो : अध्यक्ष सर्वजित यादव
पशुपतिको दर्शन गर्न साइकल यात्रा

साउन ६ गते २०८२

बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ३ का तीन जना स्थानीयहरूले बर्दियादेखि काठमाडौँको पशुपति दर्शन गर्नका लागि साइकल यात्रा शुरु गरेका छन् ।

गुलरिया नगरपालिका– ३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन गर्नका लागि गुलरियादेखि साइकल यात्रा सुरु गर्नुभएको हो । उहाँहरूलाई गुलरिया नगरपालिका–३ का अध्यक्ष सर्वजित यादव सहितका जनप्रतिनिधि र कर्मचारीहरुले माला र खादा लगाएर सोमबार बिदाइ गर्नुभएको छ ।

साइकल चढेर करिब ६ सय ५० किलोमिटरको दूरी यात्रा गर्न उहाँहरू इच्छुक भएपछि पशुपति दर्शका लागि उहाँहरूलाई बिदाइ गरिएको वडाध्यक्ष यादवले बताउनुभयो । आफ्नो इच्छा पशुपति दर्शन गर्ने रहेकाले अन्य दुई साथीसहित साईकल यात्रा सुरु गरेको जितेन्द्र कुमार यादवले बताउनुभयो ।साभार गोरखापत्र दैनिक

 

प्रतिक्रिया दिनुहोस