२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

अवलोकनका लागि साधारण दर्शकका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७५ रुपैयाँको टिकट

कोहलपुरमा नयाँ वर्ष विशेष सांस्कृतिक प्रस्तुति आज, मिलन लामा र निता थापा मगरको प्रस्तुति रहने

महोत्सवमा मगर समुदायसहित विभिन्न जनजातिको भाषा, संस्कृति झल्कने परम्परागत सामग्री, भेषभूषा तथा खानाका परिकारहरूको प्रदर्शनी :
कोहलपुरमा नयाँ वर्ष विशेष सांस्कृतिक प्रस्तुति आज, मिलन लामा र निता थापा मगरको प्रस्तुति रहने

बैशाख १ गते २०८३ / राजेश आचार्य

बाँकेको कोहलपुरमा जारी सांस्कृतिक महोत्सवको दोस्रो दिन आज नयाँ वर्ष विशेष सांस्कृतिक प्रस्तुति हुने भएको छ। नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सुरु महोत्सवमा चर्चित गायक मिलन लामा र द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ।

“प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान एवं वृहत सांगीतिक महोत्सव सोमबारदेखि सुरु भएको हो। कार्यक्रम आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

महोत्सवमा मगर समुदायसहित विभिन्न जनजातिको भाषा, संस्कृति झल्कने परम्परागत सामग्री, भेषभूषा तथा खानाका परिकारहरूको प्रदर्शनी राखिएको छ, जसले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम अवलोकनका लागि साधारण दर्शकका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७५ रुपैयाँको टिकट व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस