मुक्तक-२०८३-०२-०८
१,मालचरी किन आउछन् सारस किन आउँछन्
यो देश स्वर्ग नभए पर्यटक किन धाउँछन्
तर महत्त्व मैले बुझिन आफ्नै जन्मभूमिको,
मेरै कारण दुश्मन मलाई निल्न मुख बाउँछन्।
२,रुपरङ्ग परेका ताँत वैंशालुकाछन्
अंगालोमा चपक्क हात वैंशालुकाछन्
कामकुरा एकातिर कुम्लो बोकी ठिमी,
खुसुखुसु मातको बात वैंशालुकाछन्।
३,जिस्किएर पेलियो नसोचेको कुरा भईदियो
बच्चा अघि ठेलियो नसोचेको कुरा भईदियो
चुलोमाथि सलाई राख्नु भएको थ्यो आमाले
आगोसँग खेलियो नसोचेको कुरा भईदियो।
४,गाह्राे भयो दौरा सुरवाल थाम्न कालो कोटलाइ
लुकाउन कठिन भयो मनभित्रको खोटलाई
बनाउन मन लाग्दैन के गर्ने योजना आउन्न,
घुमिफिरि प्राथमिकता दिन्छु म त्यही चोटलाई।
*********
चिरञ्जीवी ढकाल
नेपालगन्ज-२०
राँझा एयरपोर्ट बाँके
मनोरञ्जन
- चिरञ्जीवी ढकाल
