साउन ६ गते २०८३ / राजेश आचार्य
बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४४ औँ स्मृति दिवस मनाइएको छ ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजना तथा हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा लेखक,साहित्य र पुस्तकालयको अन्तर सम्बन्ध विषयक कार्यक्रम मार्फत साहित्यकार समेत रहनु भएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४४ औँ स्मति दिवस मनाइएको हो ।
कार्यक्रममा साहित्यकार तथा लेखक नरेन्द्रजंग पिटरले विपि लाई भौतिकवादीका रुपमा चिन्नु पर्ने बताउनु भयो । कुशल राजनीतिज्ञका साथमा भौतिकवादी चिन्तनका धनी विपि माटो लाई माया गर्ने नेता हुनुहुन्थ्यो । पुस्तकालयमा पढ्ने,बुझ्ने र प्रश्नहरुको गर्ने र उत्तर खोज्ने मानिसहरुको खाँचो रहेको भन्दै लेखक पिटरले नविन सोच र खोजको बाटोमा लम्किने जोकोही तरुण हुने बताउनु भयो ।
उहाँले पानी उत्तर बाट दक्षिण तिर बहने प्राकृतिक सत्यता लाई आत्मसात गर्दै नेपालगञ्ज भन्दा तरुण शहर कोहलपुरले प्रगतिशिल
आन्दोलनको दिशामा अघि बढ्नु पर्ने बताउनु भयो । बर्तमान राजनीतिक परिदृश्यमा विपि सोच र विचारहरु बुद्धिमतापुर्ण सदुपयोगको आवश्यकता रहेको बताउनु भयो ।
लेखक पिटरले पुस्तकालय ज्ञान र सत्ता बीचको संघर्षमा पुस्तकालय ज्ञानको युद्धस्थल भएको दावी गर्नु भयो । वीपी कोइरालाको साहित्यक योगदान विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएका डा.खोपीराम वलीले वीपी प्रगतिवादी साहित्यकार भएको बताउनु भयो ।
उक्त ,प्रगतिशिल लेखक संघका केन्द्रीय सचिव हरि प्रसाद तिमिल्सिना,साहित्यकार सागर गैरे,शेखर दहित,हरि सुवेदी,भेरी साहित्य समाजका अध्यक्ष क इन्द्र बहादुर बस्नेत, बासगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञ बहादुर वली ,हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा.पुष्कर रिजाल,पुर्व पाज्ञ महानन्द ढकाल पत्रकार जे.पाण्डे,पुजन विश्वकर्मा लगायतले वीपीको राजनीतिक जीवन र साहित्यक जीवनका विभिन्न कोणहरु बाट चर्चा गनु भएको ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष एकराज शर्माले बताउनु भयो ।

