२०८३ कार्तिक ११ || 27 Oct 2026, Tuesday

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति

देशका ७ प्रदेशमा अब बामपन्थी सरकार बन्ने ,नेकपा र एमालेले गरे ३ बुँदे सहमति

राष्ट्रिय स्वाधिनताको रक्षा,संघिय लोकतान्त्रिक गणतन्त्र,धर्मनिरपेक्षता,समानुपातिक समावेशी प्रणालीको रक्षा र समृद्ध नेपालका लागि कम्युनिष्टहरु एक बनौँ : नेता पुजन विश्वकर्मा
देशका ७ प्रदेशमा अब बामपन्थी सरकार बन्ने ,नेकपा र एमालेले गरे ३ बुँदे सहमति

साउन ९ गते २०८३/ राजेश आचार्य

नेपाली कांग्रेस र नेकपा एमाले वीच प्रदेश सरकारहरुमा बजेट निर्माणमा देखा परेका आशंका र असमझदारीले गर्दा प्रदेश सरकार बाट नेकपा एमाले फिर्ता भए पछि एमाले र नेकपा वा नेकपा र नेपाली कांग्रेसको प्रदेश सरकार बन्न सक्छन् भन्ने अडकलबाजीको अन्त्य गर्दै नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले वीच प्रदेश सरकार निर्माणका लागि आज सहमति भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आज तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । एमाले र नेकपाले सातै प्रदेशमा सरकार गठन समेत गर्ने गरी तीन बुँदे सहमतिको निर्णय गर्दै शनिबार कार्यगत एकता गरेका दुई पार्टीका पुर्वअर्थमन्त्री द्धय विष्णु पौडेल र वर्षमान पुन अनन्तले बताउनु भयो ।

आज भएको सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिमा जनाइएको छ । यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार गरिने सहमति पत्रमा उल्लेख छ ।

सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था र राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्याहरु हल गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने जनाएका छन् । जेनजी विद्रोह पछि भएको प्रतिनिधि सभा निर्वाचन पछि नेपालमा कम्युनिष्टहरु मा देखा परेको निराशा अब उत्साह मा परिणत हुने बामपन्थी लेखक नरेन्द्रजंग पिटरले बताउनु भयो ।

देशभरिका नेता कार्यकर्ता,समर्थक ,शुुभचिन्तकले व्यापक दवाव सृजना गरि एउटा मात्र कम्युनिष्ट पार्टी बनाउन अघि बढ्नु पर्ने नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पुजन विश्वकर्माले बताउनु भयो । उहाँले राष्ट्रिय स्वाधिनताको रक्षा ,नेपाली जनताले ७ दशक लामो संघर्ष गरेर प्राप्त गरेको संविधान,संघिय लोकतान्त्रिक गणतन्त्र,धर्मनिरपेक्षता,समानुपातिक समावेशी प्रणालीको रक्षा र समृद्ध नेपालका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प नरहेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस