साउन १४ गते २०८३/ राजेश आचार्य
सरकार र आन्दोलनरत चिकित्सक वीच ५ बुँदे सहमति भए पछि आज बाट अस्पतालहरु खुल्ने भएका छन् ।
सहकर्मी पिटिएको विरोधमा चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले आकस्मिकबाहेकका स्वास्थ्य सेवा हड्तालको घोषणा गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरु सरकार सँग ५ बुँदे सहमति गरेर अस्पताल खुल्न सहमत भएका हुन् ।
सहकर्मी पिटिएको विरोधमा २ दिन देखि जारी स्वास्थ्य संस्था हड्ताल बुधबार बेलुकाबाट अन्त्य भएको छ ।
स्वास्थ्य संस्था बन्द हुँदा लाखौँ विमारीहरु मर्कामा परेका थिए ।
नागरिक अधिकारकर्मी र मानव अधिकारवादीहरुले आन्दोलनका क्षेत्रहरुमा बहस चलाउन नसकेको सरोकारवालाहरुको गुनासो छ ।
