२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

बाँकेमा २५ बाट बढेर ५१ बाघ

मुलुकभरि पाटे बाघको संख्या ४ सय २९

सार्वजनिक नतिजामा चितवनपछि सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२ बाघ
मुलुकभरि पाटे बाघको संख्या  ४ सय २९

साउन १४ गते २०८३ / रामगोपाल विश्वकर्मा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको बाघ गणनाको नतिजाअनुसार देशभर बाघको संख्या ४ सय २९ पुगेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी अहिभद्र आचार्यले बर्दियाबाहेक अरू सबै निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेको बताउनु भयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२२ को गणनामा ४१ बाघ थिए, अहिले ७१ पुगेका छन् । बाँकेमा २५ बाट बढेर ५१ र शुक्लाफाँटामा ३६ बाट बढेर ५० पुगेका छन् । बर्दियामा अघिल्लो गणनामा १ सय २५ बाघ थिए । अहिले १ सय १२ मा झरेका छन् ।

क्यामेरा ट्रयाप विधि प्रयोग गरेर पुस १६ देखि वैशाख १० गतेसम्म बाघ गणना गरिएको थियो ।

यसपटकको गणनामा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा बाघको संख्या १ सय ४५ पुगेको छ । यसअघि चितवनमा बाघको संख्या १ सय २८ थियो ।

यस पटक सार्वजनिक नतिजामा चितवनपछि सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२ बाघ छन् । बर्दियामा यस पटक बाघको संख्या घटेको छ ।

प्रतिक्रिया दिनुहोस