२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

आज अन्तिम सोमबार ब्रत बसि भगवान शिवको पुजा आराधना गरे मनोकामना पुरा हुने विश्वास

आज  साउन महिनाको अन्तिम सोमबार देशभरका ब्रत बसेका हिन्दु महिलाहरुले ब्रत समापन गर्दै

सूर्यास्त अघि र पछिको समय लाई प्रदोष भनिएकाले साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने सुख, शान्ति र समृद्धि मिल्ने
आज  साउन महिनाको अन्तिम सोमबार देशभरका ब्रत बसेका हिन्दु महिलाहरुले  ब्रत समापन गर्दै

साउन २५ गते २०८३ /निराजन वि.क

आज  साउन महिनाको अन्तिम सोमबार देशभरका ब्रत बसेका हिन्दु महिलाहरुले आज ब्रत समापन गर्दैछन् । कोहलपुर नगरपालिका वडा नं २,वडा नं १५ स्थित शिवमन्दिर र देशभरका शिवालयमा आज ब्रत बसेका महिलाहरुको घुइचो लाग्नेछ ।

हिन्दु धर्मशास्त्रले अरु सोमबार ब्रत बस्न नपाए पनि आज अन्तिम सोमबार ब्रत बसि भगवान शिवको पुजा आराधना गरे मनोकामना पुरा हुने विश्वास गरिन्छ । साउन महिनाको सोमबार देवहरुका देव महादेवको प्रिय सोमबार भएकाले पनि साउन महिनाका सोमबारहरु मा ब्रत बस्ने गरेको पाइन्छ ।

आज ब्रत बसेर अराध्यदेव महादेव लाई मनपर्ने फलफुल चढाएर दान दक्षिणा गरेर पुजा आराधना गरेर आर्शिवाद लिइने धार्मिक विश्वास रहेको पाइन्छ । आज विवाह नभएकाहरुले असल पति पाउ भनि र विवाह भएकाहरुले पतिको दिर्घ जीवनको कामना गरेर ब्रत बस्ने गरेको पनि बताइन्छ ।

साउन महिनाको यो साल २०८३को अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रीहरुले बताउनु भएको छ ।
सोमबारको दिन त्रयोदशी तिथी परेमा सोमप्रदोष भनिने र आजको दिन झन् उत्कृष्ट दिन परेको शास्त्रीहरुको विश्लेषण छ ।

सूर्यास्त अघि र पछिको समय लाई प्रदोष भनिएकाले साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने सुख, शान्ति र समृद्धि मिल्ने हिन्दु धर्मशास्त्रीहरुले बताउनु भएको छ ।

आज सुनसरीको बराह क्षेत्रमा पुगेर पानी ल्याई धरानको पिण्डेश्वरमा जल चढाउने बोलबम,डाकबमहरुको पनि अचाकली घुइचो लाग्छ । धर्मशास्त्रीहरुले आज शिवालयमा पुगेर जलअर्पण गर्ने लाई महादेव प्रशन्न भई प्रशस्त आशिष दिनुहुने बताइएको छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस