साउन २५ गते २०८३
अन्तर्राष्टिय सञ्चार माध्यमले पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको जनाएको छन् । भुकम्पमा परि ५७० जना घाइते भएका छन् ।
आपतकालीन उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका मानिसहरूलाई बाहिर निकाल्न तीव्र गतिमा जुटिरहेका बताइएको छ । बोगोटाबाट करिब १५० माइल पश्चिममा पर्ने भूकम्पको केन्द्रविन्दु पश्चिमी कोलम्बियाको अविकसित क्षेत्र सान होजे डेल पाल्मारु रहेको थियो ।
सो संस्थाका अनुसार पेरेइरा सहरमा मात्रै ६० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
देशभरका पाँचवटा मुख्य सहरहरू रेड अलर्ट उच्च जोखिमको अवस्था मा रहेका छन्, ८६ वटा भवनहरू भत्किएका छन् र सातवटा विमानस्थलको सञ्चालन रोकिएको छ, संस्थाले थप जानकारी दिएको छ।
संयुक्त राज्य अमेरिकाले १ करोड ५५ लाख डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ अमेरिकी विदेश मन्त्रालयले सोमबार एक्स मार्फत यो जानकारी दिएको हो।
हामी कोलम्बियाली जनताको पक्षमा प्रार्थना गर्दै उनीहरूसँगै छौं र स्थलगत आवश्यकताहरूको मूल्याङ्कन गर्ने क्रममा राष्ट्रपति (अबेलार्डो डे ला एस्प्रिएला)तथा उहाँको सरकारलाई सहयोग गर्न तयार रहेको, विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ।
