२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

प्रदेश सभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच सहमति

लुम्बिनी प्रदेशःएमाले संसदीय कार्यालयमा सांसदहरूको भेला

नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी
लुम्बिनी प्रदेशःएमाले संसदीय कार्यालयमा सांसदहरूको भेला

भदौ १ गते २०८३ / पुजन विश्वकर्मा

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन् ।

नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी गरेका हुन् । सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको बताइएको छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

सरकारलाई विश्वासको मत दिलाउन एमालेसहित सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय गरिएको थियो ।
एमाले कार्यालयमा भएको छलफलमा प्रदेश सभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस