२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

स्वतन्त्र भर्सेज संयुक्त राजनीतिक प्यानल

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते हुने

प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली अध्यक्ष,उपाध्यक्ष (उद्योग) मा कमल कार्की, उपाध्यक्ष (वाणिज्य) मा विष्णुप्रसाद श्रेष्ठ, उपाध्यक्ष (महिला) मा रूपा ओझा, महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टिकामणि उपाध्याय उम्मेदवार
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते हुने

भाद्र ४ गते २०८३ / पुजन विश्वकर्मा

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र ६ गते हुने भएको छ । जेनजी विद्रोह पछि सम्पन्न निर्वाचनमा जनताको अभुतपुर्वमत रास्वपाले मत प्राप्त गरे पछि यसको प्रभाव विभिन्न संघसंस्थाहरुमा देखा परेको छ ।

नेपालगञ्जमा राजनीतिक दलहरु र स्वतन्त्र टिमको चुनाव शायद नै पहिलोपटक हुन पर्छ ।राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपालगायत प्रमुख दलसँग आबद्ध व्यवसायीहरूले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरेका पनि केही व्यवसायीले विभिन्न पदमा उम्मेदवारी दिएपछि संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएको संघका वर्तमान अध्यक्ष टंक धामीले जानकारी दिनुभयो ।

राजनीतिक दलहरुको संयुक्त प्यानलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा रहेको पुर्व अध्यक्ष नन्दलाल बैश्यले बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुले प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली अध्यक्ष,उपाध्यक्ष (उद्योग) मा कमल कार्की, उपाध्यक्ष (वाणिज्य) मा विष्णुप्रसाद श्रेष्ठ, उपाध्यक्ष (महिला) मा रूपा ओझा, महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टिकामणि उपाध्याय सदस्य पदमा सन्तोष पौडेल, टोपबहादुर थापा, नन्दराम जैसी, सैयद जहाँगिर मुसलमान, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, आदित्य गुप्ता, चाँदबाबु अन्सारी र नगेन्द्र शाही,एसोसिएट सदस्यमा अब्दुल वाहिद अन्सारी र राजीव तलङ्गा तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजङ्ग बन्जाराको नाममा सर्वसम्मत उम्मेदवार रहेको प्यानल चुनावी मैदानमा उत्रेको संघका बर्तमान अध्यक्ष रास्वपा निकट नेता टंक धामीले बताउनु भयो ।

रास्वपा नेता समेत रहेका अध्यक्ष टंक धामी,नेपाली कांग्रेसनिकट अग्रज व्यवसायी ललित रौनियार,नेकपा (एमाले) निकट व्यवसायी कृष्णप्रसाद श्रेष्ठ,नेकपानिकट अग्रज व्यवसायी तारा रोकायाले निर्वाचन प्रचार प्रसारमा तिव्रता दिइएको समेत बताउनु भएको छ ।

संयुक्त राजनीतिक दलको प्यानल लाई चुनौती दिदै मैदानमा स्वतन्त्र प्यानलबाट अध्यक्षमा ध्रुव दाहाल, उपाध्यक्षमा उमा ग्रान्डन, कोषाध्यक्षमा सूर्य श्रेष्ठ, महासचिवमा दीपेन्द्रकुमार जोशी तथा सदस्यमा रामकुमार वैश्य र विकास थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अध्यक्षका उम्मेदवार ध्रुव दाहालले आर्थिक विकास गर्ने,उद्योगी व्यापारीको हक र अधिकारको काम गर्ने संघमा राजनीतिक संक्रमण अनुचित लागेको भन्दै स्वतन्त्र प्यानल बनाएर उम्मेदवारी दिइएको बताउनु भयो ।उहाँले यो संघको निर्वाचनले व्यापार व्यवसाय लाई नयाँ दिशा दिने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस