२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

प्रथम चौमासिकका लागि स्वीकृत

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णय
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

 

भाद्र ४ गते २०८३ / पुजन विश्वकर्मा

दाङ –  लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णयसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस