२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

सप्तरी बालिका मृत्यु

घरपछाडिको झाडीमा मृत भेटिइन् दुई वर्षीया बालिका

बिहान घरनजिकै खेलिरहेकी बालिका हराएपछि परिवार र प्रहरीले खोजी गरेका थि
घरपछाडिको झाडीमा मृत भेटिइन् दुई वर्षीया बालिका

सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा घरबाट हराएकी दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार बालिका आज बिहान घर आसपास खेलिरहेकी थिइन्। केही समयपछि उनी बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गर्दै खोजी सुरु गरेको थियो।

खोजीका क्रममा बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। बालिकाको मृत्युको कारण तथा घटनासँग सम्बन्धित अन्य विषयबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस